nppuknp.org - ::नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत::

Example domain paragraphs

परिचय विभिन्न सिलसिलामा नेपालबाट आएर अस्थायी वा स्थायी रुपमा बेलायतमा बसोबास गर्ने नेपाली नागरिकहरूको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा छ । खासगरी बेलायत सरकारले भूपू ब्रिटिस गोर्खा सैनिकहरूलाई आवासीय भिसा प्रदान गरेपछि त झन् बेलायतमा नेपाली नागरिकको जनघनत्वमा बृद्धि हुन गएको छ । यसका साथै ब्रिटिस सेनामा बहालवाला ब्रिटिस गोर्खा सैनिक र तिनका परिवार पनि साथै रहने व्यवस्था गरिएपछि त स्वाभाविक रुपमा जनघनत्वमा बढेको हो ।

यसरी जनघनत्व बढ्दै जाँदा र बेलायतमा बसोबास गरिरहेका नेपाली नागरिकका सन्तानहरूले बिस्तारैबिस्तारै आफ्नो मातृदेशको भाषा, संस्कृति र परम्परालाई भुल्दै जान थाले, बदलामा बेलायतको भाषा, संस्कृति र परम्परालाई आत्मसात गर्दै जान थाले । यसो हुँदै जाँदा नेपाली भाषा, संस्कृति र परम्परामाथि खतरा उत्पन्न हुने अवस्था बढ्दै जान थाल्यो । यो वास्तवमै बेलायतमा रहेका सचेत नागरिकका लागि ठूलो चिन्ताको विषय हुन गयो । अब कसरी यस्तो खतराबाट नेपाली भाषा, संस्कृति र परम्परालाई जोगाइराख्ने ? के गर्यो भने हामीले यो परदेशमा आफ्नो मातृदे

बेलायतमा नेपालीहरूको जनघनत्व दिनानुदिन बृद्वि भइरेहेको परिप्रेक्ष्यमा एकेडेमीको परिकल्पना गरी सन् २००८ सालमा प्रवासी नेपाली साहित्य समाज (प्रभात) र नेपाली कला, साहित्य तथा सङ्गीत मञ्चको सङ्युक्त बैठक बसी सर्वसम्मत रुपमा दुवै संस्थालाई गाभेर नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत नामक संस्थाको जन्म भएको हो । नेपाली भाषा, साहित्य, कला एवं संस्कृतिको संरक्षण, संवद्र्धन साथै सवाङ्गीर्ण विकास गर्ने उद्देश्यले सन् २००८ मा बेलायतमा सम्पन्न साहित्यकार तथा कलाकारहरूको उक्त भेलाले सर्वसम्मत रुपमा श्री रक्ष राईको अध्यक्षता